अर्थ

पेट्रोलियम पदार्थको मूल्य यथावत्

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि निगम सञ्चालक समितिको बैठकले साविककै मूल्यलाई निरन्तरता दिने निर्णय गरेको हो।

निगम सञ्चालक समितिको असार ३१ गते बुधबार बसेको बैठकको निर्णयानुसार साविकको बिक्री मूल्य असार ३२ गते बिहीबार बिहान ००:०१ बजेदेखि लागू हुने गरी यथावत राखिएको हो।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेकाले स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्न नसकिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

निगमको निर्णयअनुसार ढुवानी दुरीका आधारमा वर्गीकृत तीनवटै क्षेत्रमा पेट्रोल, डिजेल र मट्टितेलको साबिककै मूल्य कायम रहनेछ।

प्रकाशित: ३१ असार २०८३ २१:३४ बुधबार