अर्थ

पेट्रोल प्रतिलिटर २ रुपैयाँले घट्यो, डिजेल र मट्टितेलको यथावत्

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको हो। नयाँ मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुनेछ।

डिजेल र मट्टितेलको मूल्य भने यथावत् राखिएको छ ।

प्रकाशित: २९ आश्विन २०८२ २०:१० बुधबार