अर्थ

नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर

सरकारले स्वास्थ्य सेवामा खटिने नर्सहरूको मनोबल उच्च बनाउन रात्रि ड्युटी भत्ता दोब्बर गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

लामो समयदेखि न्यून सेवा सुविधामा जोखिमपूर्ण काम गरिरहेका नर्सहरूका लागि सरकारले बजेटमार्फत प्रोत्साहनको नीति लिएको हो।

अर्थमन्त्री वाग्लेले स्वास्थ्य क्षेत्रको सुधार र जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिँदै भत्ता वृद्धिको निर्णय गरिएको बताए।

रात्रि सेवामा खटिने नर्सहरूले पाउँदै आएको भत्ता कम भएको गुनासो सम्बोधन गर्दै सरकारले त्यसलाई शतप्रतिशत वृद्धि गरी दोब्बर बनाएको हो।

यो व्यवस्थाले सरकारी अस्पतालहरूमा कार्यरत हजारौँ नर्सहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।

प्रकाशित: १५ जेष्ठ २०८३ १७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App