अर्थ

सेजनमा भट्टराईको नेतृत्वमा नयाँ समिति निर्वाचित

आर्थिक पत्रकारहरुको छाता संस्था नेपाल आर्थिक पत्रकार समाज(सेजन)को नयाँ नेतृत्व चयन भएको छ ।

भागवत भट्टराईको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।  समितिको उपाध्यक्षमा जीवन बस्नेत,महासचिवमा कमलकुमार बस्नेत, सचिवमा शंकर पण्डित, कोषाध्यक्षमा केशु लामिछाने चयन भएका छन् ।  

सदस्यहरूमा अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बास्कोटा  र सीमा तामाङ  निर्वाचित भएका छन् । सेजनका अध्यक्ष सुजन ओलीको अध्यक्षतामा सेजनको २७ औँ अधिवेशन तथा साधारणसभा सम्पन्न भएको छ ।

प्रकाशित: २१ भाद्र २०८२ २१:२९ शनिबार