अर्थ

नेप्से घट्ने क्रम रोकिएन, २५ सय विन्दुबाट ओर्लियो

नेप्से परिसूचक लगातार तेस्रो दिन घटेको छ। कारोबार हुने साताको अन्तिम दिन बिहीबार १८.४० अंकले घटेर नेप्से २४८७.१७ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.७३ अंक, फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले घटेपछि समग्र नेप्सेमा प्रभाव परेको हो।  

नेप्से घटे पनि बिहीबार कारोबार रकम भने १७ करोडले बढेको छ। बिहीबार ३११ स्टकको ३६ हजार ५३१ पटकको कारोबारमा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको ७६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ३ अर्ब १० करोडको कारोबार भएको थियो।  

आज हिमालयन पावर पार्टनरको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ भने समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको मुक्तिनाथ विकास बैंकको १५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १३ करोड रुपैयाँ र शिवम् सिमेन्ट्को कारोबार ११ करोड रुपैयाँको कारोबार भयो।  

बिहीबार १३ उपसमूहमध्ये बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित: ३० आश्विन २०८२ १६:०९ बिहीबार