अर्थ

आज नेप्से बढ्यो, कारोबार रकम घट्यो

सांकेतिक तस्बिर

दुई दिन लगातार ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अंकले बढेर बन्द भएको छ।  

नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा अडिएको छ।  साताको पहिलो कारोबार दिन आइतबार ३०.०२ अंकले घटेको नेप्से परिसूचक सोमबार ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा पुगेको थियो।

नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। सोमबार  ४ अर्ब ५१ करोड बराबरको सेयर कारोबार भएकोमा आज ३२७ स्क्रिप्सको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार  ११० रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये १४२ स्टक्सको मूल्य बढ्दा १०२ वटाको  घट्यो। १० स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो। सेयर बजार सामान्य अंकले बढेपनि चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

साइन रेसुङ्गा,बन्दिपुर केवलकार,माविलुङ्ग र  सागर डिष्टिलरीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुंगल हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा साहस उर्जा शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३५ करोड मूल्य बराबरको सेयर कारोाबर भयो। राधी विद्युतको ३२ करोडको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्टक्चरको २६ करोड,शिवम् सिमेन्टको १६ करोड र  सिनर्जी पावरको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। सात समूहको उपसूचक बढ्दा अन्यको घट्यो।

 

प्रकाशित: २५ कार्तिक २०८२ १५:५१ मंगलबार