अर्थ

लगातार तेस्रो दिन बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

नेप्से परिसूचक लगातार कारोबार हुने तेस्रो दिन बढेको छ। साताको कारोबार हुने अन्तिम दिन नेप्से बिहीबार ४.६६ अंक बढेर २५४२.७७ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.३१ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंक बढेको छ।

नेप्सेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा ५० करोड रुपैयाँले बढेको छ। बिहीबार ३४६ स्टकको ४० हजार ६९२ पटकको कारोबारमा ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँबराबरको १ करोड २१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। हिजो बुधबार २ अर्ब ९४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको ४० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावरको साढे १३ करोड र सोलु हाइड्रोपावरको साढे १२ करोड रुपैयाँ बराबरको कारोबार भयो।  

बिहीबार विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशतले वृद्धि हुँदा पियोर इनर्जीको शेयरमूल्य सर्वाधिक १३.३३ प्रतिशतले घटेको छ।

१३ उपसमूहमध्ये आज नौ उपसमूहको परिसूचक बढेको छ भने वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।

प्रकाशित: १८ भाद्र २०८३ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App