अर्थ

नेप्से परिसूचक १० अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव ०७ अङ्कले ओरालो लागेर दुई हजार सात सय ३० दशमलव १७ मा सीमित भएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर चार सय ६७ दशमलव २० मा सीमित भएको हो।

बिहीबार तीन सय ३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर रु तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छछ सय १९ मूल्यमा खरिद बिक्री भएको छ। नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स, साहस ऊर्जा, एसवाई प्यानल नेपाल, युनियन हाइड्रोपावर र माउण्टेन इनर्जी नेपाल शीर्ष स्थानमा छन्।  

आज युनियन हाइड्रोपावर, क्रेस्टमाइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल स्टेवल फण्ड, एनएमबी हाइब्रिड फण्ड र हिमालयन(८० का लगानीकर्ताले कमाएका छन्। त्यस्तै, एसियन हाइड्रोपावर, हिमालयन इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन्।  

प्रकाशित: ३१ वैशाख २०८३ १५:५१ बिहीबार