अर्थ

नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन आइतबार ५७.५५ अंकले बढेको नेप्से यसदिन ३.०७ अंकले घट्दै २७६९.०९ विन्दुमा अडिएको छ।

नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ। यसदिन ३३२ वटा स्क्रिप्सको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार ४६६ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

कारोबारमा आएका स्टक्समध्ये ८८ वटाको मूल्य बढ्दा १६५ वटाको घट्यो भने ७ वटाको मूल्य स्थिर रह्यो। पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एसवाई प्यानल नेपाल, हिमस्टार उर्जा, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य १० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा हिमालयन पावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसपछि आँखु खोला जलविद्युत कम्पनीको ५६ करोड, मञ्जुश्री फाइनान्सको ५२ करोड, एसवाई प्यानल नेपालको ५० करोड र बन्दिपुर केबलकार एण्ड टुरिजमको ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यसदिन १३ समूहको कारोबार हुँदा ४ समूहको उपसूचक बढ्यो भने ९ समूहको उपसूचक नकारात्मक देखियो। होटल्स एण्ड टुरिजम, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ तथा म्युचुअल फन्ड समूहको सेयर मूल्य बढेको छ।

 

 

प्रकाशित: १२ माघ २०८२ १६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App