अर्थ

लगातार छैठौं दिन नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आएको छ। नेप्सेमा यो लगातार छैठौं दिनको गिरावट हो। नेप्से परिसूचक सोमबार ३.०२ अंकले घटेर २६०६.६७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.५० अंक, फ्लोट इण्डेक्स ०.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंकले घटेपछि समग्र नेप्से प्रभावित भयो।  

सोमबार कारोबार रकममा पनि गिरावट आएको छ। ३३१ स्टकको ८३ हजार २७३ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड १ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार ५ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको थियो।  

सोमबार अप्पर साङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। इंगवा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ५.१६ प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको ङादी ग्रुप पावरको ५५ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।  

१३ उपसमूहमध्ये ५ उपसमूह जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापारको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। 

प्रकाशित: २२ मंसिर २०८२ १५:३० सोमबार