अर्थ

लुम्बिनी प्रेस क्लबद्वारा सहयोगको निर्णय

लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई रु एक लाख सहयोग गर्ने भएको छ।

क्लबको आकस्मिक बैठकले बाढीका कारण सम्पर्कविहीन भएका पत्रकारको खोज तथा उद्धार तथा प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई सहयोग उपलब्ध गराउने निर्णय भएको क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिए।

उनका अनुसार नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालय तथा प्रेस काउन्सिल नेपालसँग समन्वय गरी उक्त रकम उपलब्ध गराइनेछ। बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन पत्रकारको तत्काल खोज तथा उद्धारलाई प्राथमिकता दिन सरकारसँग क्लबले आग्रह गरेको छ।

प्रकाशित: १७ भाद्र २०८३ ११:४३ बुधबार