अर्थ

अर्थमन्त्रीसमक्ष बिमा प्राधिकरणका अध्यक्षको शपथ

अर्थमन्त्री रामेश्वर खनालसमक्ष नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त जनकराज शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अध्यक्ष शर्माले शपथ लिएका हुन्। मन्त्रिपरिषद्को यही असोज ९ गतेको निर्णयबाट शर्मा नियुक्त भएका शर्माले आजै कार्यभार सम्हाल्नेछन्। 

प्रकाशित: १० आश्विन २०८२ १३:३६ शुक्रबार