उखु किसानले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएका छन् । सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको नयाँ स्वरुपबारे जानकारी दिने उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले जानकारी दिए ।
यादवका अनुसार शुक्रबारको वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेका थिए । तर संघर्ष समितिले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको उनले बताए ।
वार्तामा आफुहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले जानकारी दिए ।
कृषि मन्त्रालयको वार्षिक बजेटमा नै २ अर्ब रुपैया उखु किसान अनुदान दिने भनेर छुट्टाउदा अर्थ मन्त्रालयले बजेट रोकेको आरोप उनको थियो ।
सरकारले उखु किसानको ७५ करोड निकासा गरिसकेको छ । अब दशैं अघि नै अर्को ७५ करोड रुपैयाँ निकासा गर्नुपर्ने बटमलाइन आन्दोलनरत संघर्ष समितिले राखेको छ ।
प्रकाशित: १३ भाद्र २०८२ १८:४२ शुक्रबार