अर्थ

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ। 

तोलामा एक सय रुपैयाँ बढेर सुनको मूल्य सोमबार ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार हप्ताको पहिलो दिन आइतबार सुन तोलाको ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्य भने सोमबार तोलामा ५ रुपैयाँ घटेको छ। आज चाँदी तोलाको ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

प्रकाशित: २ चैत्र २०८२ ११:१५ सोमबार