आज (बिहीबार) सुनको मूल्य बढेको छ।
आज सुन प्रतितोला ६ सय रुपैयाले बढेको हो। यो सँगै आज सुनको मूल्य प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार स्थिर रहेको सुनको मूल्य तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँ बढेको छ। चाँदी आज तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित: १४ फाल्गुन २०८२ ११:२४ बिहीबार