स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। यही शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० रूपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० रुपैयाँ कायम भएको थियो।
प्रकाशित: २२ कार्तिक २०८३ ११:३८ आइतबार