स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला तीन हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी १०५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० र चाँदीको मोल चार हजार ४८५ रुपैयाँ निर्धारण भएको छ।
हिजो मङ्गलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र एक तोला चाँदी चार हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यसैगरी गत सोमबार एक तोला सुन दुई लाख ८८ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ७३० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ६४ र चाँदी ६१ अमेरिकी डलरमा खरिदबिक्री हुँदै छ।
प्रकाशित: १० असार २०८३ ११:११ बुधबार