पूर्वप्रधानमन्त्री सुशीला कार्कीले भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि एक महिनाको पेन्सन रकम सहयोग गरेकी छिन्।
उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी राष्ट्रिय वाणिज्य बैंकको खातामा मासिक पेन्सनबापतको रकम रु ७७ हजार जम्मा गरिएको सचिवालयले जनाएको छ।
पूर्वप्रधानमन्त्री कार्कीले एक अपिलमार्फत बाढी विपद्को सङ्कटबाट पार पाउन सबै एक ठाउँमा उभिनुपर्नेमा जोड बताएकी छिन्। उनले उद्धार, राहत, उपचार र पुनःस्थापनामा अहोरात्र खटिने सबैको सक्रियता र समर्पणको उच्च प्रशंसा गर्दै आफ्नो सामथ्र्यअनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुट्न सबैलाई आग्रह गरेकी छिन्।
प्रकाशित: १२ भाद्र २०८३ १७:३० शुक्रबार