अर्थ

प्लाई उद्योगमा आगलागी, २० लाखको क्षति

कपिलवस्तुको शिवराज नगरपालिका-७ निबिहवा स्थित कैलाश प्लाई उद्योगमा आगलागी भएको छ ।  

प्लाई सुकाउने कोर मेशीन बढी तातेर उद्योगमा आगलागी भएको हो । प्रहरी अनुसार आगलागीबाट दुईटा कोरा मेशीन र उद्योग भित्र रहेको प्लाई जलेर क्षति भएको छ ।  

शिवराज नगरपालिकाबाट गएको दमकल सुरक्षाकर्मीको सहयोगले अगलागी नियन्त्रणमा लिइएको थियो । उद्योगका संचालक सजय कुमार चौधरीले आफनो उद्योगमा आगलागीबाट २० लाख बढीको नोक्सानी भएको प्रहरीलाई विवरण टिपाएका छन् ।  

 

प्रकाशित: १३ मंसिर २०८२ १८:४१ शनिबार