अर्थ

अर्थमन्त्री वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै छन्।

बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूकाे कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइओहरूलाई छलफलमा बोलाएका हुन्।  

दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुने छन्।

प्रकाशित: १९ श्रावण २०८३ ११:२८ मंगलबार