अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) का वरिष्ठ उपाध्यक्ष हारा सोईबिच मंगलबार भेटवार्ता भएको छ।
त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको थियो। भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरू, मन्त्री खनालका भ्रमण दलका सदस्य तथा जाइकाका अन्य कर्मचारीहरूको समेत सहभागिता थियो।
विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गरेका राजदूतावासले जनाएको छ।
प्रकाशित: २९ आश्विन २०८२ ०७:०३ बुधबार