अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आह्वान गरेको नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूसँग छलफल सुरु भएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन्।
छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारको सहभागिता रहेको छ।
छलफलमा अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्ने छन्।
यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन्। यस्तै, उनले नेपालका 'क' वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन्।
कुन-कुन कम्पनी सहभागी छन् ?
सूर्य नेपाल प्रा.लि.
एनसेल आजियाटा लिमिटेड
आरती स्ट्राईप्स प्रा.लि.
गोर्खा ब्रुअरी प्रा. लि.
हिमालय एअरलाइन्स् प्रा.लि.
होङ्शी शिवम् सिमेन्ट प्रा. लि.
डुसान इनरबिलिटी कम्पनी लिमिटेड
डाबर नेपाल (प्रा.) लि.
वोटलर्स नेपाल (तराई) लिमिटेड
यूनिलिभर नेपाल लिमिटेड
एशियन पेन्टस (नेपाल) प्रा.लि.
पावर कन्स्ट्रक्सन कोर्पोरेसन अफ चाइना, लि
गोर्खा लाहारी प्रा.लि.
ह्वासिन सिमेन्ट नारायणी प्रा.लि.
न्यू होप एग्रो बिजनेश नेपाल प्रा. लि.
नेपाल वेलहोप एग्रि-टेक प्रा.लि.
वरुण विभरेज नेपाल प्रा. लि.
टर्किस एयरलाइन्स ईन्कर्पोरेशन प्रा. लि .
भोटेकोशी पावर कम्पनी प्रा. ली.
बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा. लि.
प्रकाशित: २५ श्रावण २०८३ १३:३७ सोमबार