अर्थ

डिजेल र मट्टितेलमा एक रुपैयाँ घट्यो, पेट्रोल यथावत्

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ।

निगमले पेट्रोलको मूल्य भने यथावत् राखेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले घटाइएको हो।

त्यस्तै, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँले वृद्धि गरिएको छ। हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य बढाइएको छ।

प्रकाशित: १४ कार्तिक २०८२ २०:१० शुक्रबार