सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका २०८२ को आधारमा सो मूल्य निर्धारण गरिएको हो।
चालु आर्थिक वर्षमा ४ हजार १०७ रुपैयाँ प्रतिक्वीन्टल निर्धारण गरिएको छ। गत वर्ष भने गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ९४५ रुपैयाँ थियो।
प्रकाशित: ३० आश्विन २०८३ १४:२१ शुक्रबार