अर्थ

फेब्रुअरीमा दराजद्वारा २.२ सेलको घोषणा

अनलाइन किनमेल गन्तव्य दराज नेपालले फेब्रुअरीको सुरुमै बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टु गुड टु मिस!’ सेलमार्फत गर्ने तयारी रहेको घोषणा गरेको छ।

यो अभियान फेब्रुअरी १ (माघ १८, २०८२) राति ८ बजे सुरु भई फेब्रुअरी ६ (माघ २३, २०८२) सम्म सञ्चालन हुने जानकारी कम्पनीले दिएको छ। अभियान अवधिभर ग्राहकले आकर्षक छुट, विशेष ब्रान्ड अफर्स तथा विशिष्ट सपिङ अनुभव सँगाल्ने अवसर पाउनेछन्।

२.२ सेल अवधिभर ग्राहकले विभिन्न लोकप्रिय श्रेणीका उत्पादनमा ७० प्रतिशतसम्मको फ्ल्यास सेल, ६० प्रतिशतसम्मको मेगा डिल्सका साथै छानिएका सामग्रीमा निःशुल्क डेलिभरीको सुविधा लिन सक्नु हुनेछन्।

यस सेलका माध्यमबाट दराज च्वाइस च्यानललाई विशेष रूपमा प्रस्तुत गरिने तयारी रहेको छ। यसमा कम्पनीले एभ्रिडे लो प्राइस (इडिपिएल) अवधारणासहित अपडेट गरिएको छ।  

प्रकाशित: १८ माघ २०८२ ०८:२५ आइतबार