अर्थ

दाहालले जितिन रिज्टा इलेक्ट्रिक स्कुटर

दराज नेपालको सर्वाधिक लोकप्रिय अभियान ११.११ को ‘१ रुपैयाँ डिल’ अन्तर्गत ललितपुर हरिसिद्धीकी आश्मा दाहालले एथर रिज्टा इलेक्ट्रिक स्कुटर जितेकी छन्।

दराज ११.११ ‘द बिगेस्ट सेल अफ दि इयर’ को ग्रान्ड प्राइजविजेता बन्न दाहाल  सफल भएकी हुन्। दाहाल एक रुपैयाँको साधारण खरिदले जीवन बदल्ने जित दिलाउन सक्छ भन्ने उदाहरण बनेकी छिन्।

दराज ११.११ अभियान नोभेम्बर १० को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो।

यो अभियान अवधिभर ग्राहकको अत्यधिक सहभागिता पश्चात् यसलाई नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो।

अभियानको नियमानुसार एक रुपैयाँ डिलका सामग्रीहरू सफलतापूर्वक अर्डर गर्नुका साथै सबैभन्दा धेरै डेलिभर भएका अर्डर पूरा गर्ने र न्यूनतम १० हजार रुपैयाँ खरिद मापदण्ड पूरा गरेपछि आश्मा दाहाल ग्रान्ड प्राइजका लागि छनोट भएकी थिइन्।

प्रकाशित: २७ माघ २०८२ ०८:२२ मंगलबार