भन्सार छली गरी भित्राइएको रु १० लाख बराबरको कपडासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका १७ का २५ वर्षीय दीपेन्द्र साहलाई प्रहरीले जिराभवानी गाउँपालिका १ बलुवाबाट कपडासहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरी चौकी महादेपट्टी र सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा चौकीबाट खटिएको टोलीले साहका साथमा रहेको बिआर २२ बि ०६००१७ नम्बरको मोटरसाइकल तथा १२ बोरा कपडा बरामद गरेको छ।
प्रकाशित: ९ भाद्र २०८३ १७:५७ मंगलबार