अर्थ

३०० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाख

तीन सय रुपैयाँको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन्।

करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिकाका बस्ने राम श्रेष्ठले उक्त रकम जितेका हुन्।  

सरकारले करदाता प्रोत्साहन कार्यक्रम गत साउन १ गतेबाट कार्यान्वयनमा ल्याएको हो।

प्रकाशित: १ मंसिर २०८३ १०:३१ मंगलबार