अर्थ

कोइला सकिएपछि सिमेन्ट उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज (बिहीबार) बिहानदेखि उत्पादन बन्द गरेको छ।  

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो। उद्योगले ३ हजार मेट्रिकटन कोईला  खरिदका लागि बोलपत्र आव्हान गरिसकेको छ।  

करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगका सहायक प्रवन्धक विकास श्रेष्ठले बताए।  

कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्ट उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए। 

प्रकाशित: ३ वैशाख २०८३ १२:१५ बिहीबार