अर्थ

व्यास नगरपालिकाले एक वर्षमा नौ किलोमिटर सडक ‘ट्रयाक’ खोल्यो, चार किलोमिटर कालोपत्रे

विकास–निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सडकको नौ किलोमिटर नयाँ ‘ट्रयाक’ खोलेको छ।  

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ। हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन्। यी पालिकाका भित्री सडक पनि हुन्। सोही  आवमा एउटा पक्की पुल र पाँच वटा उद्यान पनि निर्माण भएका छन् । साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ।

एक हजार ५४ आयोजना सम्पन्न

नगरपालिकाले गत आवमा वर्ष एक हजार ५४ आयोजना सम्पन्न गरेको छ। एक हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्कामार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए।  

पूरा भएका १६ वटा आयोजना ५० लाखभन्दा बढी लागतका, एक सय ६६ वटा आयोजना पाँच लाखदेखि ५० लाखसम्मका र आठ सय ७२ आयोजना पाँच लाखभन्दा कम लागतका रहेको लम्सालले बताए।  

प्रकाशित: १६ आश्विन २०८२ १६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App