अर्थ

शुक्रबार नेप्से र कारोबार दुवैमा गिरावट

कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक र कारोबार रकममा गिरावट आएको छ। शुक्रबार नेप्से परिसूचक ११.९० अंक घटेर २५८७.२५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १.७४ अंक, फ्लोट इण्डेक्स ०.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।

शुक्रबार कारोबार रकम पनि बिहीबारको तुलनामा ६० करोडले कमी आएको छ। आज ३५६ स्टकको ४३ हजार ६८५ पटकको कारोबारमा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको १ करोड १९ लाख १२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।

आज एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९ ९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशत बढेको छ। सिन्धु विकास बैंकको शेयरमूल्य भने सर्वाधिक ८.५५ प्रतिशतले घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको १०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को २६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १५ करोड रुपैयाँ र आँखु खोला जलविद्युत कम्पनीको करिब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भयो।  

१३ उपसमूहमध्ये आज दुई उपसमूह म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित: १६ आश्विन २०८३ १५:२१ शुक्रबार