अर्थ

राहत कोषमा बाराही ग्रुपको २० लाख ५५ हजार

पोखराको बाराही हस्पिटालिटी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख ५५ हजार रुपैयाँ संकलन गरेको छ। बाराहीसँगै पोखराका अन्य होटलले पनि उक्त कोषमा रकम संकलन गरेका छन्।  

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि विभिन्न होटलले दिएको रकम कोषमा संकलन गरेपछि होटल संघ पोखराले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई बैंक भौचर हस्तान्तरण गरेको थियो।  

संघका तर्फबाट दुईलाख रुपैयाँ, बाराही हस्पिटालिटिका तर्फबाट २० लाख ५५ हजार रुपैयाँ र अन्य होटलको सहित गरी कूल २९ लाख ३५ हजार आठ सय ३३ रुपैयाँको भौचर कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई प्रदान गरिएको थियो। सो अवसरमा माउण्टेन ट्रष्टका तर्फबाट गरिएको १० लाख रुपैयाँ सहयोग बारे समेत जानकारी प्रदान गरिएको थियो।  

संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संघको एक टोलीले कोषमा रकम संकलन गरेको जानकारु िदिए। संघ अन्तर्गतका होटलबाट यसअघि स्वस्फुर्त रुपमा गरिएको सहयोग समेत जोड्दा हालसम्म सहयोग रकम ४० लाख रुपैयाँ कटेको पनि अध्यक्ष सुवेदीले जानकारी दिए।  

सो अवसरमा प्रजिअ गुरुङले विपतमा परेकालाई राहतकोष मार्फत् संघ लगायतका होटल र संस्थाले गरेको सहयोगको सराहना गरे। ‘व्यावसायीले मन फुकाएर सहयोग गर्नुभएको छ, यो प्रशंसनीय छ, उनले भने।  

प्रकाशित: २६ भाद्र २०८३ १६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App