अर्थ

नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा बस्याल

नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । उनलाई मन्त्रीस्तरीय निर्णयमार्फत ३ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरिएको हो।

अध्यक्ष नहुँदा धेरै कम्पनीको आईपीओ रोकिएको थियो ।  सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएसँगै नेप्सेमा अध्यक्ष पद खाली रहेको थियो। 

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट उनले केही दिन अघिमात्र राजीनामा दिएका थिए।  

यसैगरी नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । 

प्रकाशित: २० भाद्र २०८२ १९:५२ शुक्रबार