अर्थ

अब चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा प्यान नम्बर अनिवार्य

चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा स्थायी लेखा (प्यान) नम्बर पेश गर्नुपर्ने भएको छ।

बिहीबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गरी जानकारी दिएको हो। अब चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रुपमा प्यान नम्बर पेश गर्नुपर्ने र बिक्रेताले उक्त स्थायी लेखा नम्बर बिक्री बिजकमा उल्लेख गर्नुपर्ने विभागले जनाएको छ।

चालु आर्थीक वर्ष २०७८–७० को बजेटमा उल्लेख भए अनुसार पेशागत प्रमाणपत्र नवीकरण गर्दा प्यान नम्बर  अनिवार्य पेश गर्नुपर्ने नियम समेत कार्यान्वयन गर्न सम्बन्धित निकाए तथा पेशागत व्यवसायमा संलग्न व्यक्ति वा सरोकारवाला पक्षको लागि सुचित गरेको विभागले जनाएको छ।

चालु आर्थीक वर्ष २०७८–७० को बजेटको ३९१ नम्बर बुँदाले यस्तो प्रावधान गरेको छ। पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर (प्यान) तथा कर चुक्ताको प्रमाण पत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ। यो व्यवस्था लागु गर्ने सम्बनिधत निकाय र पेशागत व्यवसायमा संलग्न व्यक्तिहरुलाई विभागले सूचित गरेको हो।

प्रकाशित: ३० भाद्र २०७९ ०९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App