कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पुष्पराज कुँवर विजयी भएका छन्। सुरेन्द्र राठीलाई पराजित गर्दै कुँवर विजयी भएका हुन्। कुँवरले ६ सय ७८ मत ल्याउँदा राठीले ३ सय ५५ मत ल्याए।
यस्तै वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।
शनिबार भएको संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।
प्रकाशित: २९ जेष्ठ २०७९ ०९:०४ आइतबार