अर्थ

मूल्यवृद्धि करिब ८ प्रतिशत

वैशाख महिनामा करिब ८ प्रतिशतले मूल्यवृद्धि दर बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार वैशाख महिनामा मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि जम्मा ३.६५ प्रतिशत थियो। वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८.४५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

२०७८ साल वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेलको मूल्यवृद्धि सबैभन्दा उच्च छ। सो उपसमूहको मूल्यवृद्धि २४.८६ प्रतिशत रहेको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ १२:३९ शुक्रबार