अर्थ

फेरि बढ्याे सार्वजनिक यातायातको भाडा

सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ। यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको छ। ११ जेठमा विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो।

नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय गरेको हो। विभागका अनुसार बढेको भाडा आजैदेखि लागू हुने भएको छ।

यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ। पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ।

नयाँ भाडादर हेर्नकाे लागि यस लिङ्कमा क्लिक गर्नुहाेस्।

प्रकाशित: २७ जेष्ठ २०७९ ०८:२४ शुक्रबार