अर्थ

टायरमा समस्या देखिएपछि भद्रपुर उडेको जहाज काठमाडौँ फर्कियो

भद्रपुरका लागि उडेको बुद्ध एअर ९५३ उडान नम्बरको जहाज काठमाडौँ नै फर्किएको छ।

बिहान १० बजेर ४३ मिनेटमा काठमाडौँबाट उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ। अहिले प्राविधिक जाँच भइरहेको कार्यालयले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ ०६:२९ बुधबार

भद्रपुर बुद्ध एअर ९५३ उडान नम्बर काठमाडौँ त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालय