अर्थ

भोजपुरमा नियमित हवाई उडान सुरु

भोजपुर–भोजपुर विमानस्थलमा सोमबारबाट नियमित हवाई उडान सुरु भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले सोमबार मध्यान्ह काठमाडौ–भोजपुर उडान गरेको हो।आइतबारबाट नै नियमित उडान गर्न लागेको जहाजले मौशम अनुकुल नहुँदा उडान गर्न सकेको थिएन। विमानस्थल बन्द भएको झण्डै सात महिनापछि गत मंगलबार तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । नेपाल बायुसेवा निगमको जहाजले भोजपुरमा चार दिन उडान गर्ने भएको छ।

अब आइतबार, मंगलबार, शुक्रबार, र शनिबार काठमाडौं–भोजपुर र सोमबार र बिहीबार विराटनगर–भोजपुर नियमित उडान गर्ने निगमले जनाएको छ । भोजपुर काठमाडौ टिकको मूल्य चार हजार छ सय पाँच रुपैयाँ र विराटनगर भोजपुरको मूल्य दुई हजार छ सय रुपैयाँ रहेको निगमले जनाएको छ । त्यस्तै तारा एयरले भोजपुर–काठमाडौ हप्तामा एक दिन बिहीबार नियमित उडान गर्ने जनाएको छ । तारा एयरको भोजपुर–काठमाडौ टिकटको मूल्य पाँच हजार पाँच सय ५० रुपैयाँ रहेको छ ।

प्रकाशित: २१ असार २०७२ ०२:०४ सोमबार