अर्थ

टेलिकमले फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्ने

नेपाल टेलिकमले फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्ने भएको छ। एफटिटिएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन टेलिकमले फोरजी एलटिई नमस्ते वाइफाई विस्तार गर्न लागेको हो।

कम्पनीले फोरजी एलटिई नमस्ते वाइफाई सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको जनाएको छ। कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेजहरू आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रूपले प्रदान गर्न टेलिकमले साइबर नेटिक्स प्रालिसँग सम्झौता गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

उक्त सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबर नेटिक्सका सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन्।  

प्रकाशित: ७ माघ २०७८ ०३:४५ शुक्रबार

फोरजी एलटिई नमस्ते वाइफाई साइबर नेटिक्स सिइओ जेम्स न्याछ्यो