अर्थ

सिद्धार्थको १५% लाभांश पारित

सिद्धार्थ बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न सभाले बैंकको चुक्ता पुँजीको १४.२५ प्रतिशत बराबर बोनस सेयर तथा ०.७५ प्रतिशत बराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायत प्रस्ताव पारित गरेको छ।

हाल बैंकले १ सय ८९ शाखा, २ सय आठ एटिएम, १ सय १४ शाखारहित बैंकिङ मार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २ माघ २०७८ ०३:३५ आइतबार

सिद्धार्थ बैँक लिमिटेड शाखारहित बैंकिङ