अर्थ

बिमाको दररेट र सर्त संशोधन गर्न माग

नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पुनर्बिमा निर्देशिका, २०७८ मा बिमाको दररेट र सर्तसम्बन्धी संशोधित व्यवस्थाप्रति आपत्ति जनाएका छन्।

दुवै संस्थाले बुधबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरूले पुस ९ को ज्ञापन–पत्रमार्फत उठाएका मागबारे बिमा समितिको पुस १३ को पत्रमा कुनै पनि संशोधन नगरी भ्रम सिर्जना गर्ने काम मात्र भएको बताएका छन्। ‘हाम्रोतर्फबाट ज्ञापन–पत्रमा उल्लेख गरिएको माग सम्बोधन भएको भनी बिमा समितिबाट भ्रम फैलाप्एकोप्रति समेत हामी कडा रूपमा खेद प्रकट गर्दछौं,’ महासंघका अध्यक्ष रवि सिंह र इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ। दुई संस्थाले सार्वजनिक गरेका संघर्षका कार्यक्रमसमेत यथावत रहेको विज्ञप्तिमा जनाइएको छ। 

प्रकाशित: १६ पुस २०७८ ०४:०९ शुक्रबार

बिमाको दररेट नेपाल निर्माण व्यवसायी महासंघ बिमाको दररेट र सर्तसम्बन्धी संशोधित व्यवस्था