एनआइसी एसिया बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैठकले उक्त प्रस्तावित लाभांशमध्ये १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको हो।
सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको २४औं वार्षिक साधारणसभाबाट स्वीकृतिपछि वितरण गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ९ कार्तिक २०७८ ०२:४३ मंगलबार