अर्थ

कोकाकोलाको नयाँ अभियान

हल्का पेय कोकाकोलाले धन्यवाद शीर्षकमा दसैं अभियान सुरु गरेको जनाएको छ। अभियानको उद्देश्य महामारीको कठिन समयमा अग्रपंक्तिमा खटिएका नायकहरूलाई कोकको बोटलमार्फत धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रहरी र थुप्रै गैरसरकारी संस्थाले नेपालमा कोभिड–१९ विरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उक्त अभियानको उद्देश्य अग्रपंक्तिका नायकलाई उनीहरूको समर्पण र समुदायको लागि दिएको सेवाबापत धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित: २५ आश्विन २०७८ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App