अर्थ

यामाहाको महा एक्सचेन्ज मेला

एमएडब्लु इन्टरप्राइजेज नेपालका लागि यामाहा बाइक र मोटरसाइकलको आधिकारिक वितरकले दसैंतिहार लक्षित पुरानो बाइक एक्सेन्ज गरी नयाँ यामाहा बाइक वा स्कुटी पाउने महामेला सुरु गरेको छ। भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु सो मेला १५ गतेसम्म चल्नेछ।

पुराना कुनै पनि ब्रान्डका बाइक तथा स्कुटीसँग सट्टापट्टा गर्नेसमेत सुविधा भएको मेलामा कुनै पनि पुरानो बाइकको मूल्य बजारमा प्रचलित रहेको भन्दा १० हजार रूपैयाँ बढी मूल्यांकन गरिने कम्पनीले जनाएको छ।

 साथै हरेक दिन टेस्ट राइड गर्नेमध्येबाट एकजनालाई सुनको उपहार व्यवस्था गरिएको छ भने शून्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तासहितको अन द स्पट फाइनान्सको सुविधा पनि रहेको जारी विज्ञप्तिमा उल्लेख छ। मेलामा एफ जेड भी ३ को यामाहा बाइक नयाँ प्रविधि एक्स कनेक्टका साथ पेस गरिनेछ। 

प्रकाशित: ८ आश्विन २०७८ ०१:२२ शुक्रबार

एमएडब्लु इन्टरप्राइजेज नेपाल यामाहा बाइक र मोटरसाइकलको आधिकारिक वितरक शून्य प्रतिशत ब्याजदर सुनको उपहार