अर्थ

रेडक्रस र कोका – कोला फाउन्डेसनको सम्झौता

 नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउन्डेसनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकको सुरक्षा बढाउन साझेदारी गरेको छ। यो साझेदारीको उद्देश्य रेडक्रसका स्वयंसेवकलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रमा परिचालन गर्नु र शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई खोप लगाउन यातायात सुविधा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।

सम्झौताअनुसार रेडक्रस स्वास्थ्य सेवा विभागका निर्देशक मनिता राजकर्णिकार र कोकाकोला नेपालका प्रतिनिधिले शिक्षण अस्पतालका डाक्टर रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरेका छन्।

प्रकाशित: २५ श्रावण २०७८ ०२:५१ सोमबार

कोभिड–१९ नेपाल रेडक्रस सोसाइटी कोकाकोला नेपालका प्रतिनिधि