अर्थ

भ्रष्टाचारको अभियोगमा विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सहित आधा दर्जन पक्राउ

काठमाडौं — भ्रष्टाचारको अभियोगमा विद्युत् प्राधिकरणका सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु सहित ७ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेका अनुसार पक्राउ पर्नेमा सह निर्देशक हरिशबहादुर पाल, सहायक प्रबन्धक मदनराज चापगाईं, इन्जिनियर प्रज्वल पाण्डे, भण्डार प्रमुख भरत रुपाखेती र अन्य २ चिनियाँ नागरिक छन्।चीनको हुबइ सनलाइट कम्पनीबाट ट्रान्सफरमर खरिद गर्दा भ्रस्टाचार भएको  भन्दै अख्तियारले कारवाही गरेको हो।

प्रकाशित: २० श्रावण २०७० ०७:४३ आइतबार