अर्थ

एक हजारले घट्यो सुन

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै एक हजारले घटेको छ। तोलामा ८७ हजार ५ सय रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण भएको छ।  

त्यसैगरी बुधबार ८७ हजार ५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

साथै बुधबार एक हजार ३ सय१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने तोलामा एक हजार २ सय८५ रुपैयाँ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ। रासस

प्रकाशित: २० फाल्गुन २०७७ ०६:४३ बिहीबार

आज सुनको मूल्य नेपाल सुनचाँदी व्यवसायी महासङ्घ