अर्थ

टेलिकमको सिस्टममै समस्या

Normal 0 MicrosoftInternetExplorer4 रामचन्द्र भट्ट, काठमाडौं, बैशाख २१- नेपाल टेलिकमको मोबाइलले स्तरीय नहुनुमा चिनिया जेडटीईको प्राविधिक सहयोग सिस्टममै समस्या रहेको रहस्य एक उच्च अधिकाले खोलेका छन्। 'उपकरण भन्दा पनि जेडटिईको सहयोग सिस्टमनै ठिक छैन'- टेलिकमको मोबाइल सेवा निर्देशनालयमा लामो समय काम गरेका एक उच्च प्राविधिकले भने।
नाम सार्वजनिक नगर्ने शर्तमा ती उच्च अधिकाले उपकरण जतिसुकै राम्रो भएपनि आवश्यक प्राविधिक सहयोग नहुँदा टेलिकमको मोबाइल टेलिफोन गुणस्तय हुन नसकेको जानकारी दिए।

टेलिकमका उच्च अधिकाहरु मोबाइल टेलिफोन गुणस्तय नहुनुमा बिद्युतको लोडसेडिङलाई दोष दिन्छन्। तर स्रोतका अनुसार मोबाइल गुणस्तय नहुनुमा ४० प्रतिशत कारण मात्र बिद्युत् हो। बाँकी ६० प्रतिशत कारण जेडटीई उपकरणको हो।

चैत अन्तिम साता भएको टेलिकमको साधारण सभामा कर्मचा महेन्द्रप्रसाद यादवले मोबाइलको लागि छनौट गरेको प्रविधि राम्रो नभएको बताएका थिए। उनले नेटवर्कको क्षमतानै कमजोर भएको हुँदा ग्राहकको गुनासो बढीरहेको बताएका थिए।

मोबाइल सुधार्न नसकेकोमा टेलिकम व्यबस्थापनको विरोध गर्दा सेयरधनीदेखि लिएर टेलिकमकै कर्मचारीले ताली बजाएर उत्साहित बजाएका थिए। टेलिकमले सुरुमा अमेरिकी नोर्टेल कम्पनीको १० हजार मोबाइल किनेको थियो।

त्यसपछि ५० हजार चिनिया हुवाई कम्पनीको र पाँच बर्ष अघि प्रिपेड मोबाइल सुरु गरेपछि दुई पटक गरेर ४५ लाख जेडटीईको मोबाइल टेलिकमले किनेको छ।

मोबाइल उपकरणको निर्माता जेडटीईको उपकरणमै समस्या रहेको तथ्यलाई टेलिकमका अधिकाहरु अनौपचारिक कुराकानीमा स्विकार्छन। तर औपचारिक रुपमा भने यस बारेमा केही बोल्न चाहदैनन्।

'म मोबाइल सेवा निर्देशनालयमा छँदा नै जेडटीईबाट सपोर्ट टिम पुगेन भनेर विज्ञ मगाएको थिएँ'- टेलिकमका नायव प्रवन्ध निर्देशक लोकराज शर्माले भने। उनले त्यो टिमले समस्या पत्ता लगाएर राम्रोसँग काम गरेकोमा शंका गरेका छन्।

'काम गरेको भएत नतिजा देखिनुपर्ने नि'- शर्माले भने। मोबाइलको गुणस्तर बढाउन टावरमा समय समयमा रेडियो फ्रिक्विन्सी अप्टिमाइजेसनको काम गर्नुपर्ने हुन्छ। यो काम गर्न जेडटीईले प्राविधिक आवश्यक समयमा पठाउनुपर्ने नपाउँदा समस्या बढेको टेलिकमका अधिकाहरु बताउँछन्।

जेडटीई मोबाइल निर्माता कम्पनी मात्र हो। योसँग मोबाइल टेलिफोन साचालनको अनुभव छैन। जेडटीईसँग उपकरण किनेका अरु देशका मोबाइल सेवा प्रदायक कम्पनीहरुले प्राविधिक भने अफ्नै कम्पनीका विज्ञहरु राख्ने गर्छन्। तर नेपाल टेलिकम भने जेडटीईकै प्राविधिकको भरमा छ।

प्रकाशित: २१ वैशाख २०६६ ०९:४४ सोमबार