पोखरा, चैत २२ (नागरिक)-पोखराको महेन्द्रपुलमा फेसन मन्त्र नाममा फेन्सी स्टोर्स सञ्चालनमा आएको छ। स्थानीय श्वेता शेरचन, ज्ञानी भण्डारी शर्मा र विमलमणि भण्डारीले करिब एक करोड रुपैयाँको लगानीमा फेसन मन्त्र खोलेका हुन्।
पोखराका फेसन पारखीको मागलाई ध्यान दिँदै कोरिया, जापान तथा भारतबाट सिधै आयात गरिएका सामान ल्याउने सञ्चालकले बताए। उनीहरुका अनुसार यहाँ विभिन्न डिजाइनका साडी, कुर्ता सलवार, टप्स, लेडिज ब्याग, आकर्षक गहना, स्लिपर, लेगिन्ज तथा कल्च एकै ठाउँबाट सुलभ दरमा पाइने छ।
बुधबार मिसेस नेवा ११३२ की विजेता एवं व्यवसायी संगीता वज्राचार्यले फेसन मन्त्रको उद्घाटन गरेकी हुन्। पहिलो दिनमै ग्राहकको उत्साहजनक उपस्थिति भई ६ लाख बराबरको सामान बिक्री भएको श्वेता शेरचनले बताइन्। फेसन मन्त्र सुरुवातको उपलक्ष्यमा तीन दिनसम्म आकर्षक छुट दिने ज्ञानी भण्डारी शर्माले बताइन्।
प्रकाशित: २१ चैत्र २०६९ २१:२४ बुधबार